बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एमसीसी फण्डबाट नेपालमा संचालिन क्रियाकलाप र भुक्तानी रोकियो


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन ६, २०८१
  • 256
    SHARES

काठमाडाैं- अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले नेपाल सरकार र उक्त निकायबीच २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यान्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित एमसीसी फन्डबाट भुक्तानी हुने कृयाकलापहरु रोक्का गरेको यही फागुन २ गतेको इ-मेल पत्रमार्फत् जानकारी प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।

अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ मा जारी ९० दिनको सहायता स्थगन सम्बन्धी कार्यकारी आदेशानुसार रकम रोकिएको पनि अर्थ मन्त्रालयले सम्बन्धित सरोकारवालालाइ जानकारी दिएको छ । एमसीसी मार्फत नेपालका विद्युत ट्रान्समिसन लाइन, सब स्टेसन र सडक पूर्वाधार निर्माण भइरहेका छन् । अमेरिकी सहायता रोकिएसँगै निर्माणाधीन परियोजनाका बारेमा अन्योल उत्पन्न भएको छ ।

एमसीसी मार्फत नेपालले करिब ५०० मिलियन अमेरिकी डलर अनुदान प्राप्त हुने सम्झाैता थियो । नेपालको संसदमा लामो बहस, छलफल र विरोधबीच अनुदान सम्झाैतामा हस्ताक्षर भएको थियो ।

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएसँगै अमेरिकी सहयोग नियोग (युएसएड) को मुख्यालय सहित सबै देशमा प्रदान गरिने सहायता रोक्का भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)