मङ्लबार, अशोज १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चन्द्र ढकालको २ अर्ब लगानीमा कागज उद्योग सञ्चालनमा


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन २०, २०८१
  • 178
    SHARES

काठमाडौं –  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवम् आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालकै सबैभन्दा ठूलो कागज उद्योग सञ्चालनमा ल्याउनुभएको छ । उहाँले महोत्तरीमा नेपालकै ठूलो ‘नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालि’ सञ्चालनमा ल्याउनुभएको हो ।

विशेषगरी बित्तीय, पर्यटन, अटोमोबाइल, सूचनाप्रविधि र उर्जाक्षेमा संलग्न रहेको व्यवसायिक घराना आइएमई ग्रुपले पहिलो पटक कागज उद्योग सञ्चालनमा ल्याएको हो ।

पछिल्लो समय नेपालमा बढ्दो कागज आयातलाई प्रतिस्थापन गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले ढकालले कागज उद्योग सञ्चालनमा ल्याउनुभएको हो । हाल उक्त उद्योगमा आईएमई समूहलगायतको २ अर्ब रुपैयाँ बढी लगानी रहेको छ । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ स्थित रामनगरमा रहेको यस उद्योगमा नेपाली लगानीकर्ताहरूकै लगानी रहेको छ । २०७८ सालमा शिलान्यास भएको यो उद्योगको निर्माण प्रक्रिया सकिएर २०८१ पुसदेखि उत्पादन शुरु गरिसकेको छ ।

उद्योगको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गर्ने कार्यक्रम छ । यो उद्योगले आयात प्रतिस्थापन गर्दै स्वदेशमै ठूलो मात्रामा रोजगारी सिर्जना गर्ने छ ।

नेपालमा वार्षिक झण्डै डेढ लाख मेट्रिक टन पेपर खपत भइरहेको छ । नेपालमा कागज उद्योग नहुँदा अहिले सबै कामका लागि आवश्यक कागज आयात गर्नुपर्ने अवस्था छ । स्कुल कलेजमा लेख्ने–पढ्ने कापीदेखि फोटोकपी, ट्वाइलेट र टिस्यु पेपरसम्ममा समेत नेपाल परनिर्भर अवस्थामा छ । तर, उक्त उद्योग संचालनमा आएसँगै पहिलो वर्षमै नेपालका लागि आवश्यकमध्ये करिव ३० प्रतिशत कागज नेपालमै उत्पादन हुनेछ । उद्योगले स्वदेशी कच्चापदार्थ र जनशक्ति परिचालन गरी स्वदेशमै उच्च गुणस्तरीय कागज उत्पादन गर्ने दाबी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)