मङ्लबार, अशोज १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कुमारी सहकारीको रकम हिनामिना प्रकरण

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुखसहित पाँच जना पुर्पक्षका लागि थुनामा


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन २२, २०८१
  • 223
    SHARES

म्याग्दी – म्याग्दी बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको एक अर्बभन्दा बढी हिनामिना र अपचलन सम्बन्धी मुद्दामा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापासहित पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा हिजो भएको थुनछेक बहसपछि जिसस प्रमुख समेत रहेका कुमारी सहकारीका पूर्वसञ्चालक थापा, पूर्वअध्यक्ष मनप्रसाद थजाली, पूर्वप्रबन्धक रूद्र गुरूङ, सञ्चालक समितिका सचिव देवी थापा र लेखा समितिका पूर्वसदस्य लोकबहादुर पुन लोकेशलाई पुर्पपक्षका लागि थुनामा पठाउने आदेश भएको हो ।

यसैगरी प्रहरी हिरासतमा रहेर बिरामी भएका अस्पतालमा अपचाररत उक्त सहकारीका पूर्वअध्यक्ष थमबहादुर गर्बुजालाई निको भएपछि अदालतमा हाजिर गराउन आदेश भएको जिल्ला अदालत म्याग्दीका स्रेष्तेदार भोलाराज रेग्मीले जानकारी दिनुभयो ।

फरार १९ जनालाई पक्राउ पुुर्जी जारी गर्ने आदेश भएको छ । मुद्दाका वादी जिल्ला सरकारी वकिल कार्यालयको माग दाबी बमोजिम सहकारी रजिष्ट्रारको कार्यालयसँग समन्वय गरेर सहकारीलाई १५ दिनभित्र सञ्चालन गरी अदालतमा जानकारी गराउन पनि आदेश भएको अदालतका सूचना अधिकारी डिल्लीराज पौडेलले जानकारी दिनुभयो ।

सरकारी वकिल कार्यालय म्याग्दीले यही फागुन १५ गते एक अर्ब १३ करोड बिगो दाबी गर्दै २५ जनालाई विपक्षी बनाएर मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम अभियोगपत्र दर्ता गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)