मङ्लबार, अशोज १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आइतबार सुनको मूल्यमा सामान्य वृद्धि


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन २५, २०८१
  • 297
    SHARES

काठमाडौँ – नेपाली सुनचाँदी बजारमा आज साता कारोबारको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन प्रतितोला एक सय रुपैयाँ वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यससँगै आज छापावाल सुनको मूल्य तोलामा एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आईतबार चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला पाँच रुपैयाले घटेर १ हजार ९८५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)