मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

संस्थागत विकास, सेवा प्रवाह र वित्तिय सुशासनमा ठाकुरबाबा नगरपालिका नेपालकै उत्कृष्ट


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र ७, २०८१
  • 245
    SHARES

काठमाडौँ – संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनमा बर्दियाको ठाकुर बाबा नगरपालिका देशभरकै उत्कृष्ट नगरपालिका घोषित भएर सम्मान पत्र प्राप्त गरेको छ । नेपाल नगरपालिका महासङ्घको बिहीबार आयोजित ३२ औँ स्थापना दिवसका अवसरमा संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनमा ठाकुर बाबा नगरपालिका नेपालकै उत्कृष्ट नगरपालिका घोषित भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल नगरपालिका महासङ्घको ३२ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा ठाकुर बाबा नगरपालिकाका मेयर तिलकराम लम्साल र उपमेयर विना कुमारी भट्टराईलाई सम्मान पत्र प्रदान गर्नुभयो। । नेपाल नगरपालिका महासङ्घको ३२ औँ स्थापना दिवसका अवसरमा नेपाल नगरपालिका संघले ५ विधामा उत्कृष्ट काम गर्ने ६ वटा नगरपालिकाहरूलाई सम्मान गरेको हो ।

देशभरकै उत्कृष्ट कार्य गरेबापत बर्दियाको ठाकुर बाबा नगरपालिकालाई संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनमा, रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई सहरी योजना, पूर्वाधार तथा विपद् व्यवस्थापनका लागि र कलैया उप महानगरपालिकालाई सामाजिक विकासमा पुरस्कृत गरिएको हो । यस्तै वातावरण संस्कृति पर्यटन प्रवर्द्धनमा मध्यपुर थिमी नगरपालिकालाई, आर्थिक विकासमा नवलपरासीको गैँडाकोट नगरपालिका र कैलालीको घोडाघोडी नगरपालिकालाई उत्कृष्ट पुरस्कार दिइएको हो ।

संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनमा नेपालकै उत्कृष्ट हुनु सम्पूर्ण ठाकुर बाबा नगरपालिकावासीका लागि गर्वको कुरा रहेको मेयर तिलकराम लम्सालले बताउनुभयो । आफु निर्वाचित भएदेखि नै संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनमा राम्रो काम गर्दै आएको प्रतिफल अहिले पाएको र थप हौसला मिलेको बताउँदै मेयर लम्सालले नगरपालिकालाई यहाँसम्म पुर्‍याउन अहोरात्र खटिने सम्पूर्ण जनप्रतिनिधिहरू, कर्मचारीहरू र सधैँ सकारात्मक ऊर्जासहितको सुझाव, सल्लाह प्रदान गर्नुहुने सम्पूर्ण नगर बासीहरूमा धन्यवाद व्यक्त गर्नुभयो ।

ठाकुर बाबा नगरपालिका देशकै उत्कृष्ट नगरपालिका भएर सम्मानित हुन पाउँदा खुसी लागेको उपमेयर भट्टराईले बताउनुभयो । यसअघि संस्थागत स्वमूल्याङ्कनमा ९५.७५ अङ्क प्राप्तसहित पहिलो, वित्तीय सुशासन जोखिम (एफ.आर.ए.) मूल्याङ्कनमा पनि पहिलो र कार्यसम्पादन मूल्याङ्कनमा तेस्रो स्थानमा रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)