बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नयाँ बर्ष ( कविता )


  • गाेपीराम भण्डारी
  • आइतवार, चैत्र ३०, २०८१
  • 465
    SHARES

फेरे कत्ला बस्त्र बिरुवाले, शिरमा छानो मुनाको
चुत्रा,काफल,ऐसेलु किमु, चिसो जल झरनाको।।

लेख बेसी तराई नै हेर, हरियाली छाको छ
खुसी बोकी भूमि नेपालको, नयाँ बर्ष आकाे छ ।।

फाली द्वन्द मिलनको फूल, फुलाउ नयाँ वर्षले
लागोस मलम दुःखमाथि, आँसु झरुन हर्षले ।।

बाँचुन यहाँ नेपाली सारा, रमि मातृभूमिमा
भाेगुन आनन्द जीवनको, बसन्ती याे जुनिमा।।

नासियाेस सोँच दरिद्रता, फिरोस बुद्धिमता
ल्याओस शान्ति नयाँ बर्षले, हाेस द्वन्द बेपत्ता

ब्युँझियोस मानवता यहाँ, बुद्धत्व जतातता
फुलोस् समृद्धता लोकमा, मौलाओस स्थिरता

डाँडापाखा भए हराभरा, खुसी छायो मनमा
कोइली गाउँछे गीत उमङ्गको, उफ्रिएर वनमा

हट्यो बादल कस्टहरुकाे, छायो शान्ति मनमा
आयो मेटी कल्प नव बर्ष, सारा जन जनमा ।।

गाेपीराम भण्डारी
सिरहा

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)