बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गभर्नरमा विश्व पौडेलको नाम प्रस्ताव


  • माउन्टेन खबर
  • आइतवार, बैशाख २८, २०८२
  • 209
    SHARES

काठमाडौं  – नेपाली कांग्रेसले नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेलको नाम प्रस्ताव गरेको छ । गभर्नरको नाम सिफारिस गर्न गठित समितिका सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पौडेललाई कांग्रेसले गभर्नरमा प्रस्ताव गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सत्तारुढ दल कांग्रेस र एमालेका शीर्ष नेताहरुसहित बसेको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले गभर्नरमा पौडेलको नाम प्रस्ताव गर्नुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति देउवाबीच राष्ट्र बैंकको कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउन तीन साताअघि समझदारी भएको थियो । यही वैशाख ३ मा भएको समझदारीका आधारमा भट्टले कार्यकारी निर्देकबाट राजीनामा दिएका थिए । तर राष्ट्र बैंककी कायममुकायम गभर्नर नीलम ढुंगानाले भट्टको राजीनामा स्वीकृति नगरेपछि सभापति देउवाले विकल्पमा पौडेलको नाम प्रस्ताव गर्नुभएको हो । दुई दलबीय भागबन्डामा गभर्नर कांग्रेसले लिने समझदारी छ ।

प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक परराष्ट्रमन्त्री आरजु राणालगायतका नेता बालुवाटारको बैठकमा सहभागी थिए । बैठकमा गभर्नर नियुक्ति चाँडै गर्ने समझदारी भएप्छि अब एक साताभित्र गभर्नर नियुक्त हुने बताइएको छ ।

दुई दलबीच सहमति भए पौडेलले पहिले सिफारिस समितिबाट राजीनामा दिनुपर्ने छ । त्यसपछि सरकारले उनको ठाउँमा अर्को सदस्य राख्न सक्छ । राजीनामा स्वीकृत गर्न र उनको स्थानमा अर्को सदस्य राख्न मन्त्रीपरिषद्को बैठक बस्नुपर्ने हुन्छ । त्यसपछि मात्र पौडेललाई गभर्नरमा सिफारिस गर्न बाटो खुल्ने छ । बालुवाटार स्रोतका अनुसार यो प्रक्रिया आगामी सोमबारको मन्त्रिपरिषद्बाट हुने र बिहीबारसम्म नयाँ नियुक्त हुनसक्ने अनुमान छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)