बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मन्त्रिपरिषद्को बैठक बस्दै

आजको मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्ति गर्ने सम्भावना


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ ६, २०८२
  • 155
    SHARES

काठमाडौँ –  आज मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ । बैठक साँझ ६ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको बताइएको छ ।

सरकारले गत बुधबार अर्थमन्त्री विष्णु पौडेल नेतृत्वमा गभर्नर सिफारिस समिति गठन गरेको थियो । समितिमा अर्थमन्त्री पौडेलसहित पूर्व गभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे पनि रहेका छन् ।

मन्त्रिपरिषद् बैठक अघि समितिको बैठक आजै बसेर गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्ने बताईएको छ ।

समितिले सिफारिस गरेका तीन जना मध्येबाट एक जनाको नाम मन्त्रिपरिषदले अनुमोदन गर्ने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)