बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कान्तिपुर जनरल अस्पताल बसुन्धरामा साउन महिनाभर निःशुल्क परिक्षण


  • माउन्टेन खबर
  • बिहिबार, साउन ९, २०८२
  • 404
    SHARES

काठमाडौँ ८ साउन । काठमाडौँको बसुन्धरामा सञ्चालित कान्तिपुर जनरल अस्पतालले साउन महिनाभर स्वास्थ्य परिक्षणका लागि आउने सर्वसाधारण तथा विरामीका लागि स्वास्थ्य परिक्षणमा निःशुल्क सेवा उपलव्ध गराएको छ ।

अस्पतालका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले अस्पतालमा सामान्य चिकित्सा तथा शल्यक्रियाका लागि निशुल्क परीक्षणको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । यसबाहेक प्रसूति तथा स्त्री रोग परीक्षण सेवामा पनि पैसा नलिने डा श्रेष्ठले बताउनुभयो ।

कान्तिपुर जनरल अस्पतालले प्रयोगशाला परीक्षणमा पनि साउन महिनाभर १५ प्रतिशत छुट सुविधा उपलव्ध गराउने निर्णय गरेको छ । त्यसमा एक्सरे सेवा, ल्याव टेष्ट, पाठेघरको मुखको जाँच(पापिस्मेयर) र भिडियो एक्सरे सेवा रहेको छ ।

कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर परिसरमै कान्तिपुर जनरल अस्पताल सञ्चालनमा रहेको छ । विशेषज्ञ चिकित्सकहरुको सहज उपलव्धता हुने उक्त अस्पतालले सुलभ मूल्यमा सेवा उपलव्ध गराउँदै आएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)