शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

तयारी पोशाक उद्योग संघको अध्यक्षमा पशुपतिदेव पाण्डे पुनः निर्वाचित


  • माउन्टेन खबर
  • बिहिबार, भदौ १९, २०८२
  • 218
    SHARES

काठमाडौँ –  नेपाल तयारी पोशाक उद्योग संघको अध्यक्षमा पशुपतिदेव पाण्डे निर्विरोध निर्वाचित भएका छन् । प्योर क्लोथिङका सञ्चालक पाण्डेको नेतृत्वमा आगामी दुई वर्षको लागी तयारी पोशाक उद्योग संघको नयाँ कार्यसमिति चयन भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य समेत रहेका पाण्डे यसअघि पनि संघको अध्यक्ष रहेका थिए ।

संघको निवर्तमान अध्यक्षमा चण्डीप्रसाद अर्याल, प्रथम उपाध्यक्षमा बसन्तराज अधिकारी (हिमालयन कटन फेसन एण्ड ईन्टरनेशनल प्रा.लि) र उपाध्यक्षमा भुपेन्द्र कुमार बस्नेत (विद्या एप्परेल्स प्रा.लि) र्निविरोध निर्वाचित भएका छन् ।

त्यस्तै, महासचिवमा भिमकुमार गिरी (ब्ल्याक फेसन ई प्रा.लि), सहसचिवमा थोमनाथ बस्याल (युनाईटेड फेशन निटिङ्ग ई प्रा.लि) चयन भएका छन् भने कोषाध्यक्षमा संजय कुमार अग्रवाल (हेरिटेज फेसन) निर्वाचित भएका छन् ।
साथै, कार्यसमिति सदस्यमा क्रमशस् कृष्ण प्रसाद पाण्डे (ट्रान्सट्रिप गार्मेन्ट ई प्रा.लि), सुरेशमान श्रेष्ठ (जम्फा निटिङ इण्डष्ट्रिज), हिराकाजी मुक्तान (लोगो फेसन ई प्रा.लि), सतिस गिरी (अनुजित एपरेल्स), सचिन्द्र प्रधानाङ्ग (हिमालयन निट वेयर) र रमेश कुमार कर्ण निर्वाचित भएका छन् । त्यस्तै, आमन्त्रीत सदस्यमा सन्दिप पौडेल चयन भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)