शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नाडाको विशेष साधारणसभा स्थगित गर्न काठमाडौं जिल्ला प्रशासनको निर्देशन


  • माउन्टेन खबर
  • आइतवार, भदौ २२, २०८२
  • 56
    SHARES

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यहि भदौ २४ गते गर्न लागेको विशेष साधारणसभा स्थगित गर्न काठमाडौं जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ।

यसैगरी, जिल्ला प्रशासनले विशेष साधारणसभा बोलाउनका लागि गरिएका निर्णयहरूसहित सात दिनभित्र कार्यालयमा उपस्थित पनि भनेको छ।

‘गैरकानूनी तरिकाले बोलाउन लागिएको विशेष साधारण सभा रोकी पाउँ भनी यस कार्यालयमा मिति २०८२/०५/१६ मा निवेदन दर्ता भएकोले विधान बमोजिम वार्षिक साधारण सभा नबोलाई के-कति कारणले विशेष साधारण सभा गर्न लागिएको हो ? जिल्ला प्रशासन कार्यालयमा पटक-पटक विधान संशोधनको विषयमा छलफल भएपनि हालसम्म विवाद समाधान नहुनुको कारण के हो ?” जिल्ला प्रशासन कार्यालयको पत्रमा लेखिएको छ।

यसअघि २०८२ भदौ ८ गते बसेको नाडाको २१औं केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार नाडालाई विधानतः महासंघमा लैजाने निर्णयार्थ भदौ २४ गते, मङ्गलबार बिहान ११ बजे, द प्लाजा, झम्सिखेल, ललितपुरमा विशेष साधारण सभा बोलाउने निर्णय गरेको थियो।

“केन्द्रीय कार्यसमितिको यस्तो ऐतिहासिक निर्णयलाई कार्यान्वयनमा लैजान नाडाका सदस्यज्यूहरूको निर्णायक र अहम भूमिका हुने भएकोले यहाँको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु,” नाडाको निमन्त्रणामा भनिएको थियो।

सदस्यको लामो समय देखिको इच्छा, चाहना र आकांक्षालाई मूर्तरूप दिन यस्तो निर्णय गरिएको र यसले नाडालाई वास्तविक रुपमै राष्ट्रिय स्तरको संस्था बनाउने र आफ्ना सदस्यहरूको हक हितको समेत समुचित रुपमा संरक्षण हुने नाडाले जिकिर गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)