शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जेडटिईको नुबिया नियो ३ जीटि फाइभ जी नेपालमा सार्वजनिक 

शक्ति र प्रदर्शनको उत्कृष्ट संयोजन


  • माउन्टेन खबर
  • आइतवार, कार्तिक ३, २०८२
  • 327
    SHARES

काठमाडौं- ग्लोबल टेक जायन्ट जेडटिईले नुबिया नियो ३ जीटि फाइभ जी नेपालमा  सार्वजनिक गरेको छ ।  विशेषगरी गेमिङका पारखीहरुलाइ शक्ति, गति र शैली एकैसाथ प्रदान गर्ने उद्धेश्यले यस स्मार्टफोनको डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

नयाँ जेडटिई नुबिया नियो ३ जीटि फाइभ जीमा अत्याधुनिक डिजाइनसँगै उत्कृष्ट प्रदर्शन रहेको छ। १२ जिबि RAM र २५६ जिबि स्टोरेज सहितको यो गेमिङ पावरहाउसको मूल्य रु. ३६,९९९/- तोकिएको छ, र अहिले जगदम्बा मोबाइल्समार्फत शुन्य प्रतिशत ब्याजमा मासिक किस्ताबन्दी सुविधासहित उपलब्ध छ। यो संगै प्रयोगकर्ताहरूले अब जेडटिई नुबिया नियो ३ जीटि फाइभ जी केवल रु. १४,८०० डाउन पेमेन्टमा खरिद गर्न सक्नेछन्।

गेमिङ अनुभवलाई नयाँ स्तरमा पुर्‍याउने यस गेमिंग स्मार्टफोनमा ६.७८ इन्चको ओएलईडी गेमिङ डिस्प्ले रहेको छ, जसले जीवन्त र स्मूथ भिजुअल प्रदान गर्छ। ४०८३mm² भीसी लिक्विड कुलिङ सिस्टमले लामो समय गेम खेल्दा  पनि स्थिर प्रदर्शन सुनिश्चित गर्छ, र शोल्डर ट्रिगर्सले नियन्त्रणमा थप सटीकता र सहजता प्रदान गर्छ।

२.७ गिगाहर्जको शक्तिशाली युनिसक T9100 प्रोसेसर, ६०००mAh ब्याट्री र ८०W फास्ट चार्जिङले निरन्तर गेमिङ प्रदर्शन र न्यूनतम डाउनटाइम सुनिश्चित गर्छ।

आकर्षक डिजाइन, शक्तिशाली ब्याट्री र उचित मूल्यको सन्तुलन रहेको यस जेडटिई नुबिया नियो ३ जीटि फाइभ जीले नेपाली गेमरहरुको अनुभवलाई नयाँ परिभाषा दिने विश्वास कम्पनीले लिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)