शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रतितोला ११ हजार छ सय रुपैयाँले घट्यो सुन


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक १२, २०८२
  • 117
    SHARES

काठमाडौँ – अन्तरराष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो तीन दिनयता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ ।

गत आइतबार एकै दिन प्रतितोला रू ११ हजार छ सयले घटेर रू दुई लाख ४१ हजार ९०० कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा रू दुई हजार घटेर रू दुई लाख ३९ हजार ९०० मा किनबेच भएको थियो ।

आज फेरि प्रतितोला रू दुई हजार ९०० घटेपछि रू दुई लाख ३७ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसैगरी आज चाँदी प्रतितोला रू ६० घटेर रू दुई हजार ९२० मा किनबेच हुनेछ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)