शनिबार, अशोज १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • माउन्टेन खबर
  • बिहिबार, कार्तिक १४, २०८२
  • 219
    SHARES

काठमाडौं –  तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज ग्लोबल आइएमई बैंक गुराँस लघुवित्त  र मुक्तिनाथ कृषि कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

गुराँस लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीले भोली (कात्तिक १४ गते) बुकक्लोज गर्दैछ भने ग्लोबल आइएमई बैंकले कात्तिक १६ गते बुकक्लोज गर्दैछ। जस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम भएका शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिहुन र कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

गुराँस लघुवित्तले कात्तिक २३ गते, आइतबार, हिले कान्जिरोवा मकालु होटल, धनकुटामा बिहान ९ बजे बस्नेगरी साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र  कर प्रयोजनाका लागि ०.७५ प्रतिशत नगद लभांश वितरण गर्नेछ ।

त्यसैगरी, मुक्तिनाथ कृषि कम्पनीले कात्तिक २१ गते शुक्रबार सिल्भर वक ब्यान्क्वेट एण्ड इभेन्ट्स सेन्टर, गैरीधारा, काठमाडौँमा दिउँसो ११: ३० बजे बस्नेगरी सभा बोलाएको छ। सो कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ ।

त्यस्तै, ग्लोबल आइएमई बैंकले कात्तिक २६ गते, बुधबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा १९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)