शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

निर्वाचनमा मतदाताको सहभागिता बढाउन तथा बदर मत संख्या घटाउन भुमिका खेल्न दलहरूलाई निर्वाचन आयोगको आग्रह


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज १६, २०८३
  • 40
    SHARES

काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनमा मतदाताको सहभागिता बढाउन तथा बदर मत संख्या घटाउन भुमिका खेल्न दलहरूलाई आग्रह गर्नुभएको छ ।

 

शुक्रवार निर्वाचन आयोगले आयोजना गरेको ‘निर्वाचन व्यवस्थापन एवं राजनीतिक दल व्यवस्थापनसम्बन्धी’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले निर्वाचनमा मतदाताको सहभागिता अपेक्षाअनुसार नबढ्नु तथा बदर मतको संख्या उच्च हुनुका कारण पहिचान गरी सुधार गर्न भुमिका खेल्नुपर्ने बताउनु भयो । उहाँले निर्वाचनको समयमा राज्यका सम्पूर्ण संयन्त्र र राजनीतिक दलहरू परिचालित भएपनि मतदान प्रतिशत अपेक्षाअनुसार बढ्न नसकेको उहाँको भनाइ छ । उहाँले मतदान प्रतिशत नबढ्नुमा नागरिकमा लोकतन्त्रप्रतिको विश्वासमा कमी आएको त होइन ? भन्दै कप्रश्न गर्नुभयोे ।

प्रमुख निर्वाचन आयुक्त कार्कीले राजनीतिक दलका वडा तहसम्मका संगठनमार्फत मतदाताको समस्या बुझ्न र मतदानप्रति जागरूकता बढाउन सहयोग सहयोग पुग्ने भन्दै यसतर्फ ध्यान दिन पनि आग्रह गर्नुभयो । उहाँले सर्वसाधारणसँगै जनप्रतिनिधिले मतदान गर्दा पनि मत बदर हुने गरेको भन्दै उहाँले मतदान प्रक्रिया, विधि वा प्रणालीमा व्यापक सुधारको आवश्यकता रहेको पनि बताउनु भयो ।

निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवार तथा मतदाताले गर्ने खर्चलाई समग्र रूपमा हेरेर न्युनिकरण गर्नुपर्नेमा पनि उहाँको जोड छ । उहाँले निर्वाचनका क्रममा मतपेटिका र मतगणनास्थलको सुरक्षाका लागि गरिने व्यवस्थाबारे पनि पुनःविचार गर्न आवश्यक रहेको बताउनु भयो । मतगणनास्थलमा तारजाली लगाएर मतगणना गर्नुपर्ने अवस्थाले कर्मचारी, राजनीतिक दल, जनप्रतिनिधि वा उम्मेदवारमध्ये कसप्रति अविश्वास रहेको हो ? भन्ने प्रश्न खडा गरेको उहाँको भनाइ छ । उहाँले मतदाता नामावली शुद्धीकरणलाई प्रभावकारी बनाउन राजनीतिक दलहरूको सहयोग आवश्यक रहेको पनि बताउनु भयो । मृत्यु भएका तथा बसाइँ सरेका व्यक्तिको विवरण सम्बन्धित निकायमा समयमै उपलब्ध नहुँदा मतदाता नामावली अद्यावधिक गर्न कठिनाइ हुने गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो,‘निर्वाचनमा मतदाताको सहभागिता वास्तवमा अलि अनौठो खालको छ । जनताको  लोकतन्त्रप्रतिको विश्वास नभएको हो कि ? जनता भोटिङप्रति उत्साहित नभएको हो कि ? अथवा गरे पनि हुन्छ, नगरे पनि हुन्छ भन्ने भएको हो कि, अथवा हाम्रो पनि त्यही स्तरमा पुगेको हो कि भन्ने कुरा चाहिँ छ । मतदानको दिन निर्वाचनमा सबै राज्य संयन्त्र नै लागेको छ, राजनीतिक दल त्यतैपट्टि लागेका छौँ । हामी हेर्दाखेरि गाउँगाउँ गएर गयो भने आम जनता त्यतैपट्टि लालायित भएको देखिन्छ । तर भोटिङ गर्ने पर्सेन्ट हेर्यो भने अहिले पनि ५० प्रतिशत छ । दलहरु त जनमानसमा भिजेको, र तल्लो तहको संयन्त्र भएको हुनुहुन्छ नि । तपाईंहरुको तल्लो युनिटसम्म आफ्ना सङ्गठनहरू छन् । के कारणले यस्तो भएको छ ? भनेर खोजी गरेर यो कारणको समस्या समाधान गर्नका लागि अब हजुरहरूको ठाउँबाट पहल र हाम्रो तर्फबाट यसो गर्दियो भने राम्रो हुन्छ है भन्नुभयो भने सजिलो हुन्छ । यो भनेको लोकतन्त्रको मर्मलाई अगाडि बढाउने मेसो हो । त्यसमा हाम्रो कुनै यसमा अर्को इन्ट्रेस्ट छैन, जनताको सहभागिता जति बढी बढ्यो, त्यति राम्रो हुन्छ । अब यो बदर मतको संख्या छ । इभन आम पब्लिकले हाल्दाखेरि केहीकेही बदर हुनु स्वाभाविक हो । हाम्रा प्रतिनिधिले हाल्दा पनि बदर छ । जनप्रतिनिधिले हालेको मत पनि बदर भएको छ । भनेपछि हामीले या त मतदान गर्न राम्रोसँग जानेका छैनौँ, या मतदानको प्रविधि अथवा विधि अथवा त्यो प्रणाली सहज छैन । केही न केही त छ ।’

उहाँले मतदाता शिक्षालाई प्रभावकारी बनाउन राजनीतिक दलहरूसँग सहकार्य गर्न आयोग तयार रहेको पनि बताउनु भयो । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)