शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

डिजेल र मट्टितेलको मूल्य घट्यो


  • माउन्टेन खबर
  • शनिबार, कार्तिक १६, २०८२
  • 271
    SHARES

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको छ ।

निगम सञ्चालक समितिको बैठकको शुक्रबारको निर्णयअनुसार डिजेल र मट्टितेलमा रु एक घटाइएको छ भने पेट्रोलको मूल्य यथावत राखिएको छ ।

शुक्रबार राति १ बजेदेखि लागू हुने गरी निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर सातले बढाइएको जानकारी दिएको छ ।

निगमले यसपाली इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु ०.०३ र हवाई इन्धनमा प्रतिलिटर रु ०.८६ ले बढेर तथा प्रतिलिटर डिजेलमा रु १.१९ ले घटेर आएकाले मूल्य समायोजन गरिएको जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)