शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

दुई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • माउन्टेन खबर
  • आइतवार, कार्तिक १७, २०८२
  • 151
    SHARES

काठमाडौं –  दुई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज सिद्धार्थ बैंक र सिटिजन्स बैंक इन्टरनेशनलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

यी दुई बैंकले भोली अर्थात कात्तिक १७ गते, एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी बैंकहरुको साधारण सभामा सहभागिता हुन र बैंकहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सिद्धार्थ बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । सो लाभांस पारित गर्नको लागि बैंकले कात्तिक ३० गते आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा  बिहान १० बजे बस्नेगरी वार्षिक साधारण सभा बोलाएको छ।

त्यस्तै, सिटिजन्स बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)