आइतवार, अशोज १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सरकारले सहजीकरण गरिदिए उद्योग व्यवसाय विस्तार गर्न तयार छौँ : अध्यक्ष ढकाल


  • माउन्टेन खबर
  • शनिबार, मंसिर १४, २०८२
  • 171
    SHARES

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्यमीहरू उद्योग–व्यवसाय विस्तार गर्दै उत्पादन बढाउन, रोजगारी सिर्जना गर्न र आयात प्रतिस्थापन गर्दै निर्यात वृद्धि गर्ने माध्यमबाट देशको अर्थतन्त्र चलायमान बनाउन पूर्ण तयार रहेको बताउनुभएको छ ।

पाँचौं सुनवल महोत्सवको उद्घाटन गर्दै महासंघका अध्यक्ष ढकालले सरकारले सहजीकरण गरिदिए उद्योग व्यवसाय विस्तार गर्न सकिने बताउनुभएको हो ।

 

‘अहिलेको अन्योल र असहजताले निजी क्षेत्रको मनोबल कमजोर पर्न थालेको छ, जसको प्रत्यक्ष असर मुलुकको समग्र अर्थतन्त्रमा पर्ने छ,’ उहाँले भन्नुभयो, ‘धेरै उद्यमी–व्यवसायी अझै पनि असुरक्षा र अनिश्चिततामा रहेको महसुस गरेका छन् ।’ उहाँले व्यवसाय र व्यवसायीको सुरक्षालाई राज्यले पहिलो प्राथमिकतामा राखेर तत्काल आवश्यक कदम चाल्न सके मात्र उद्यमीहरू ढुक्क भएर लगानी र व्यवसाय विस्तारतर्फ अघि बढ्ने वातावरण बन्ने दाबी गर्नुभयो ।

‘सरकारले उद्यम, व्यवसाय तथा लगानीका लागि आवश्यक सुरक्षा, स्थिरता र स्पष्ट नीतिगत वातावरण तयार गरिदिए हामी उद्यमीहरू उद्योग–व्यवसाय विस्तार गर्दै उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने, आयात प्रतिस्थापन गर्दै निर्यात वृद्धि गर्ने माध्यमबाट देशको अर्थतन्त्र चलायमान बनाउन पूर्ण रूपमा तयार छौँ’, उहाँको भनाइ थियो ।

महोत्सवले स्थानीय उत्पादन, सिर्जनशीलता र सम्भावनालाई देशभर चिनाउने कार्यमा महत्वपूर्ण भूमिका खेल्नेछ विश्वास पनि उहाँले लिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)