आइतवार, अशोज १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

निरन्तर उकालो लाग्दै सुनचाँदीको मूल्य


  • माउन्टेन खबर
  • बुधबार, मंसिर १८, २०८२
  • 177
    SHARES

काठमाडौँ-  अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनचाँदीको मूल्य निरन्तर उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख ५४ हजार १०० कायम भएको छ । आज चाँदीको मोल रु. ११० ले बढेर तोलामा रु. तीन हजार ६५५ निर्धारण भएको छ ।

 

मङ्गलबार सुनको मूल्य प्रतितोला रु. दुई लाख ५३ हजार ३०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु. तीन हजार ५४५ मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार २२६ र त्यति नै परिमाणको चाँदी ५९ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)