शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेप्से परिसूचकमा एक दशमलव ११ प्रतिशतको गिरावट


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन २६, २०८२
  • 234
    SHARES

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ दशमलव ०८ अङ्कले घटेर दुई हजार ८४३ दशमलव ३५ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव ११ प्रतिशतको गिरावट हो ।

आज ३२९ कम्पनीको पाँच करोड २७ लाख ११ हजार ३५३ कित्ता शेयर दुई करोड पाँच लाख ६११ पटक खरिद–बिक्री हुँदा रु २१ अर्ब ५० करोड २० लाख ३१ हजार ३२० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा जीवन बिमा शून्य दशमलव ५१, म्युचुअल फन्ड एक दशमलव ३४ र निर्जीवन बिमा शून्य दशमलव ४७ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ एक दशमलव २७, विकास बैङ्क एक दशमलव १६, वित्त दुई दशमलव ०६, होटल तथा पर्यटन एक दशमलव ८५, जलविद्युत् एक दशमलव ४५ र लगानी समूह एक दशमलव ४८ प्रतिशतले घटेको छ । उत्पादन तथा प्रशोधन एक दशमलव ८२, लघुवित्त शून्य दशमलव १७, व्यापार दुई दशमलव १२ र अन्य समूह एक दशमलव ४० प्रतिशतले घटेको छ ।

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्य छ दशमलव ३६ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको रु एक अर्ब नौ करोड ७३ लाख ५५ हजार १५७ बराबरको २४ लाख नौ हजार ९८९ कित्ता शेयर कारोबार भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)