शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुनचाँदीको मूल्य आज पनि घट्यो


  • माउन्टेन खबर
  • आइतवार, चैत्र १, २०८२
  • 116
    SHARES

काठमाडौँ –  शुक्रवारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनकोे मूल्य तोलामा रु चार हजार ८०० र चाँदीको मोल रु २२५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख नौ हजार ४०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु पाँच हजार २७० निर्धारण भएको छ ।

 

गत शुक्रवार एक तोला सुन रु तीन लाख १४ हजार २०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ४९५ मा कारोबार भएको थियो । बिहीवार छापावाल सुन प्रतितोला रु तीन लाख १७ हजार र चाँदी रु पाँच हजार ५१५ मा कारोबार भएको थियो । गत बुधवार रु तीन लाख १९ हजारमा एक तोला सुन खरिदबिक्री भएको थियो भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ७२० निर्धारण भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २३ र त्यति नै परिमाणको सेतो धातु ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)