शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

६४ अङ्कले बढ्यो नेप्से परिसूचक ,कारोबार २१ अर्ब माथि


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र ५, २०८२
  • 91
    SHARES

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९ अङ्कले बढेर दुई हजार ८७७ दशमलव शून्य तीनको बिन्दुमा कायम भएको हो । यो दुई दशमलव ३० प्रतिशतको वृद्धि हो । आज बजार खुलेदेखि निरन्तर उकालो लागेको हो ।

आज २४० कम्पनीको शेयर मूल्य बढ्दा २२ कम्पनीको घटेको छ भने दुई वटा कम्पनी स्थिर रहेका छन् । आज ३४२ कम्पनीको पाँच करोड ६९ लाख २० हजार ६०८ कित्ता शेयर एक लाख ९१ हजार २५१ पटक खरिदबिक्री हुँदा रु २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार ८८६ दशमलव ९८ को कारोबार भएको नेप्सेले जनाएको छ ।

 

 

अघिल्लो दिनको तुलनामा आज कारोबार रकम पनि बढेको छ । नेप्सेका अनुसार मङ्गलबार रु १२ अर्ब तीन करोड ४४ लाख छ हजार ३२८ बराबरको कारोबार भएकामा आज रु २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार ८८६ मा पुगेको हो ।

आज सबै समूहका सूचक बढेका छन् । विकास बैंक समूह सबैभन्दा बढी तीन दशमलव ९५ प्रतिशतले बढेको छ । बैंकिङ तीन दशमलव १६, फाइनान्स एक दशमलव ९४, होटल तथा पर्यटन एक दशमलव ७५, हाइड्रोपावर दुई दशमलव ३०, लगानी एक दशमलव ७७, जीवन बिमा दुई दशमलव ७६, उत्पादन तथा प्रशोधन एक दशमलव ८९, माइक्रोफाइनान्स एक दशमलव २४, निर्जीवन बिमा एक दशमलव ८०, अन्य एक दशमलव ९७ र व्यापार समूह शून्य दशमलव १४ प्रतिशतले बढेका छन् ।

कर्पोरेट डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी नेपाल लाइफ समृद्धि लगानी योजनाको शेयर मूल्य पाँच दशमलव १२ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)