शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गैरआवासीय नेपालीको पुँजीलाई आर्थिक विकाससँग जोड्न आग्रह


  • माउन्टेन खबर
  • शनिबार, चैत्र ७, २०८२
  • 247
    SHARES

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपालीको पुँजी, सीप र अनुभवलाई नेपालको आर्थिक विकास र समृद्धिसँग जोड्न आग्रह गर्नुभएको छ ।

आज गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को नवनिर्वाचित कार्यसमितिलाई महासङ्घ सचिवालय, टेकुमा स्वागत गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै गैरआवासीय नेपालीहरूको पुँजी, सीप र अनुभवलाई नेपालको विकासमा लगाउनुपर्ने बताउनुभयो ।

उहाँले महासङ्घको पहलमा धेरै नीतिगत सुधार भएकाले अब लगानीको लागि पनि सहज वातावरण बन्दै गएको धारणा राख्नुभयो । “महासङ्घले नीतिगत तथा प्रक्रियागत जटिलता न्यूनीकरण गर्ने, वैदेशिक लगानी भित्र्याउन अनुकूल वातावरण निर्माण गर्ने तथा अन्य प्रक्रियागत सरलीकरणका विषयमा नेपाल सरकारसँग धेरै ठूलो लबिङ गरेर थुप्रै नीतिगत सुधार गरेका छौँ । हामीले राम्रो सहकार्य गर्न सक्यौँ नेपाल र नेपालीका लागि धरै गर्न सक्छौँ”, उहाँले भन्नुभयो ।

सो अवसरमा एनआरएनएका अध्यक्ष डा हेमराज शर्माले गैरआवासीय नेपालीहरू पनि नेपालको विकासमा साझेदार बन्न चाहेको धारणा राख्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)