शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सहकारी संस्थाको दर्ता अभिलेखीकरण लागि अन्तिम मिति चैत १७


  • माउन्टेन खबर
  • सोमवार, चैत्र ९, २०८२
  • 247
    SHARES

ललितपुर –  राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी संस्थाको दर्ता अभिलेखीकरण प्रक्रिया सम्बन्धमा सूचना जारी गरेको छ।

प्राधिकरणका अनुसार बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२ अनुसार उक्त प्रक्रिया २०८२ मंसिर १० गतेदेखि सुरु गरिएको थियो। मापदण्डको दफा ३(४) बमोजिम थप गरिएको समयसीमा २०८२ चैत १७ गतेसम्म कायम रहने जनाइएको छ।

 

प्राधिकरणले तोकेको समयावधिभित्र सम्बन्धित सबै सहकारी संस्थाले आवश्यक दस्तुर भुक्तानी गरी बैंक भौचर सहित तोकिएको विवरण प्रणालीमा अनिवार्य रूपमा प्रविष्ट गर्नुपर्ने उल्लेख गरेको छ। तोकिएको अवधिभित्र दस्तुर भुक्तानी गरिसकेका तर कुनै कारणवश पूर्ण विवरण प्रविष्ट गर्न नसकेका संस्थालाई २०८३ वैशाख १७ गतेसम्म विवरण अद्यावधिक गर्न सकिने व्यवस्था गरिएको छ।

प्राधिकरणले स्पष्ट पारेअनुसार तोकिएको समयभित्र सम्पूर्ण विवरण प्रविष्ट गरेका सहकारी संस्थाको मात्र विवरण रुजु गरी इजाजतपत्र प्रदान गरिनेछ। समयसीमा नाघेमा अभिलेखीकरण प्रक्रिया प्रभावित हुन सक्ने भएकाले सम्बन्धित सबै संस्थालाई समयमै प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)