आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लोकतन्त्रको आधार स्तम्भ नै स्वतन्त्र र निर्भय प्रेस : सभापति थापा


  • माउन्टेन खबर
  • आइतवार, बैशाख २०, २०८३
  • 113
    SHARES

काठमाडौँ –  नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्रको आधार स्तम्भ नै स्वतन्त्र र निर्भय प्रेस भएको बताएका छन् ।  विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।

बदलिँदो समयमा सूचना सङ्कलन र सत्यको खोजी गर्ने कार्य चुनौतीपूर्ण बन्दै गएको उनको ठहर छ। उनले भनेका छन्– ‘कतिपय अवस्थामा देखिने असुरक्षा र दबाबका बिच पनि सत्यको पक्षमा उभिनुहुने सञ्चारकर्मी साथीहरूमा हार्दिक सम्मान ।’

शुभकामना सन्देशमा थापाले भनेका छन्– ‘प्रेस स्वतन्त्रता कुनै व्यक्ति वा संस्थाको विरुद्ध होइन, यो त नागरिकको जान्न पाउने अधिकारको रक्षाका लागि हो। सत्य लेखेकै आधारमा कोही पनि डराउनु नपर्ने वातावरण निर्माण गर्नु हामी सबैको दायित्व हो।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)