शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभा आज

७३ पदाधिकारीका लागि एक सय ३७ जना भिड्दै


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २१, २०८३
  • 205
    SHARES

काठमाडौँ –  नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा तथा नयाँ कार्यकारिणी समितिको निर्वाचन वैशाख २१ र २२ गते (आज र भोलि) काठमाडौँमा हुने भएको छ ।

उच्च अदालत पाटनको अन्तरिम आदेशका कारण चैत २९-३० गते तय भएको कार्यक्रम स्थगित भएको थियो ।

आज उद्घाटन सत्र हुनेछ भने निर्वाचन वैशाख २२ गते अर्थात मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।

महासंघको ७३ पदाधिकारीका लागि एक सय ३७ व्यवसायीले उम्मेद्वारी दिएका छन् ।

जिल्ला/नगर, वस्तुगत र एशोसिएट समूहका विभिन्न पदमा प्रतिस्पर्धा हुनेछ भने वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन छुट्टै गरिनेछ ।

जिल्ला/नगर उपाध्यक्षका लागि चार जनाबीच प्रतिस्पर्धा छ भने वस्तुगत र एशोसिएट उपाध्यक्षमा दुई/दुई जनाको उम्मेद्वारी परेको छ ।

विभिन्न पदमा व्यवसायीहरूले प्यानलसहित चुनावी प्रतिस्पर्धा तीव्र बनाएका छन् ।

वरिष्ठ उपाध्यक्ष पदमा हेमराज ढकाल, रामचन्द्र संघई र दिनेश श्रेष्ठबीच प्रतिस्पर्धा हुने चर्चा छ ।

निर्वाचनपछि महासंघ वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा अघि बढ्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)