काठमाडौँ – निजीक्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि आज चुनाव हुँदै छ । चार उपाध्यक्षसहित, विषयगत समूहतर्फको केन्द्रीय सदस्यहरूका लागि आज चुनाव हुन लागेको हो ।
सोमबार ललितपुरको ग्वार्खोस्थित होटल टुलिपमा महासंघको ६०औँ वार्षिक साधारणसभा सम्पन्न भएको थियो । तर, चुनाव भने आज काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । कार्यतालिका अनुसार आज बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म चुनाव हुनेछ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
