काठमाडौं – सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ । बिहीबारै राष्ट्रियसभाबाट बहुमतले पारित भएको सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पनि सर्वसम्मतिले पारित भएको घोषणा गरिएको हो ।
नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएका थिए । प्रधानमन्त्री बालेन्द्र शाह सदनमा उनुपस्थित भएपछि अर्थमन्त्रीले जवाफ दिएका हुन् ।
विपक्षी दलहरूले भने प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले जवाफ दिनुपर्ने अडान राखेका थिए ।
