बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २१ सम्म


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ १, २०८३
  • 126
    SHARES

काठमाडौँ – नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता वितरण, नवीकरण र अद्यावधिक कार्य आगामी जेठ २१ गतेभित्र अनिवार्य रूपमा सम्पन्न गर्न निर्देशन दिएको छ। ललितपुरस्थित केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको सभापतित्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले सदस्यता अभिलेखीकरणलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्दै कांग्रेसलाई सबैभन्दा बलियो सदस्य नेटवर्क भएको पार्टी बनाउने उद्देश्य राखेको छ। अब प्रत्येक क्रियाशील सदस्यले आफ्नै मोबाइलबाट अनलाइनमार्फत ‘स्वयं सदस्यता आवेदन फारम’ भरेर आफ्नो सदस्यता अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको छ।

अनलाइन अद्यावधिकका क्रममा कुनै समस्या आएमा सदस्यहरूले ९७०१२५५५५५ नम्बरमा सम्पर्क गरी एआई सहायतामार्फत प्राविधिक सहयोग लिन सक्नेछन्। यसका साथै केन्द्रीय कार्यालयको डिजिटल सहायता केन्द्रका नम्बरहरू ९७१२०५६३५१ र ९७१२०५६३५२ मा सम्पर्क गरेर पनि समस्या समाधान गर्न सकिने जनाइएको छ। सदस्यहरूले ती नम्बरमा फोन गरी सोधिने प्रश्नावलीको उत्तर दिएर फोनबाटै पनि अद्यावधिक फारम भर्न सक्ने सुविधा उपलब्ध गराइएको छ।

यो व्यवस्था विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूका लागि पनि लागू हुने समितिले स्पष्ट पारेको छ। तोकिएको समयभित्र सदस्यता अद्यावधिक नगर्ने र कांग्रेस परिचयपत्र (एनसी आईडी) प्राप्त नगर्ने व्यक्तिले पार्टीको आगामी १५औँ महाधिवेशन प्रक्रियामा सहभागी हुन नपाउने विधानको व्यवस्थालाई स्मरण गराउँदै समितिले समयमै प्रक्रिया पूरा गर्न मातहतका तहलाई निर्देशन दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)