बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्री बालेनले गरे ईयूमा आबद्ध देशका राजदूत र मिसन प्रमुखसँग छलफल


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ १२, २०८३
  • 39
    SHARES

काठमाडाैँ- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले युरोपेली संघमा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक छलफल गरेका छन्।

मंगलबार बिहान काठमाडौंमा भएको उक्त छलफलमा काठमाडौं र नयाँ दिल्लीमा कार्यरत युरोपेली संघ सदस्य राष्ट्रका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूको सहभागिता रहेको उनको सचिवालयले जनाएको छ।

छलफलका क्रममा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी आदान–प्रदान गर्नुका साथै द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने र आपसी सहकार्यका विविध सम्भावनाबारे छलफल केन्द्रित भएको सचिवालयले बताएको छ।

यसअघि चैत २५ गते पनि बालेनले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटघाट तथा संवाद गरेका थिए।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)