बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीको जवाफ माग गर्दै प्रतिनिधि सभामा प्रतिपक्षी दलहरूको अवरोध


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ १२, २०८३
  • 90
    SHARES

काठमाडाैँ –  प्रधानमन्त्रीले संसद्मा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र नेकपा एमालेसहित विभिन्न राजनीतिक दलहरूले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेका छन् ।

मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सामूहिक रूपमा विरोध जनाउँदै सदनको कार्यसूची अगाडि बढ्न नदिएका हुन् ।

 

बैठकको प्रारम्भमा आकस्मिक, शुन्य र विशेष समयमा सांसदहरूले समसामयिक विषयमा आफ्ना धारणा राखिसकेपछि सदनको नियमित कारबाही शुरु हुने क्रममा प्रतिपक्षी दलहरूले अवरोध सिर्जना गरेका थिए । सांसदहरूले उठाएका प्रश्नहरूको प्रधानमन्त्री बालेन्द्र साहले संसद्मै उपस्थित भएर स्पष्टीकरण दिनुपर्ने अडान उनीहरूको छ ।

प्रधानमन्त्री संसद्मा उपस्थित नभएसम्म सदनको अवरोध कायम राख्ने निर्णय प्रतिपक्षी दलहरूले लिएका छन् । प्रतिपक्षीको अवरोधका कारण सदनको अन्य प्रक्रिया प्रभावित भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)