बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

‘समावेशी र समुन्नत राष्ट्र निर्माणमा लागौँ’: सभापति थापा


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ १५, २०८३
  • 139
    SHARES

काठमाडौँ –  नेपाली कांग्रेसका सभापति गगन थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत सुदृढीकरणबाट नै मुलुकलाई समावेशी, समुन्नत, सुखी र समृद्ध राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिने बताउनुभएको छ ।

गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले लोकतान्त्रिक मूल्य, मान्यता, संस्कार र संस्कृतिमा आधारित न्यायपूर्ण तथा समतामूलक समाज निर्माण गर्ने साझा यात्रामा यो दिवसले सम्पूर्ण नेपालीमा नयाँ उत्साह र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

 

नेपाली जनताको त्याग, सङ्घर्ष र बलिदानको परिणामस्वरूप २०६२÷६३ को जनआन्दोलनपछि संविधानसभाको निर्वाचन सम्पन्न भई २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको इतिहास उहाँले स्मरण गर्नुभएको छ ।

यसैगरी, नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले गणतन्त्र नेपाली जनताको सार्वभौम अधिकारको प्रतीक भएको उल्लेख गर्दै यसको कुनै विकल्प नभएको बताउनुभएको छ ।

साथै उहाँले लोकतान्त्रिक प्रणालीभित्रै रहेर सुधार, सुशासन, आर्थिक समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्दै जनविश्वास अझ बलियो बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)