बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता: सभापति थापा


  • माउन्टेन खबर
  • शनिबार, जेष्ठ १६, २०८३
  • 102
    SHARES

ललितपुर – नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू नेतृत्वको पार्टीको पहिलो प्राथमिकता भएकाले जनताका पक्षमा निरन्तर वकालत गर्ने बताउनुभएको छ ।

 

 

 

काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पार्टीको भातृ संस्था नेपाल थारु सङ्घको प्रथम महाधिवेशनमा उहाँले राष्ट्रको एकीकरण र राष्ट्रिय एकता कायम गर्ने सन्दर्भमा थारु समुदायको ठुलो योगदान महत्त्वपूर्ण भएको बताउनुभयो । थारु समुदायका नागरिकका लाग राज्यका निकायमा सहज पहुँच पुर्‍याउन आफू लागिपर्ने उहाँको भनाइ छ ।

“बिपी कोइरालाले थारु समुदायप्रतिको विश्वास र भरोसा गर्दै जिम्मेवारीमा प्रतिनिधित्व गराउनुभएको थियो । थारु सङ्घ पार्टीको भातृ संस्था हो, पार्टीको अभिन्न अङ्ग हो, सङ्घको यो अधिवेशनबाट नवनिर्वाचित  हुने नेतृत्वले पार्टीको नयाँ क्रियाशील सदस्यता अभविृद्धकिा लाग जोड दिनुपर्छ, थारु सङ्घको अबको नेतृत्वले संविधान संशोधनमा समेटिनुपर्छ”, सभापति थापाले भन्नुभयो ।

काँग्रेसले नेपालको अर्थतन्त्रमा सुधार गर्नुपर्छ भनेर वकालत गरेको उल्लेख गर्दै उहाँले बजेटमा धेरै सुधारका कुराहरू समेटिएको भए पन न्यून आय भएको समाजका वर्गप्रति बजेट मौन रहेको धारणा राख्नुभयो ।

पार्टीका महामन्त्री प्रदीप पौडेलले थारु समुदायले नेपालको सीमा रक्षा र आर्थिक विकासमा ठुलो योगदान गरेको स्मरण गर्दै संविधानमा प्राप्त भएको अधिकारलाई रक्षा गर्दै थारु समुदायलाई मूलधारमा स्थापित गर्न मिलेर जानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

पार्टीका अर्का महामन्त्री गुरुराज घिमिरेले थारु जात नेपालको मूलवासी भएको भन्दै थारु जातिको उत्थान राजनीतिक अधिकार स्थापित गराउनका लाग सबै एकताबद्ध लाग्नुपर्नेमा जोड दिँदै सबै पार्टी र जातजातिलाई एकताको सूत्रमा बाँध्ने भनेको काँग्रेस भएको दाबी गर्नुभयो ।

पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठले व्यक्तिवादी चिन्तनबाट अगाडि बढेर नेपालमा रहेका सम्भावनालाई पहिचान गर्दै समृद्ध, राजनीतिक उपलब्ध हासिल गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

काँग्रेस सहमहामन्त्री योगचन्द्र चौधरीले नेपाल विविधता बोकेका नागरकीको देश भएको धारणा बताउँदै थारु समुदायको हकहितका साथै हरेक नेपालीलाई राजनीतिक, आर्थिक र सामाजिक अधिकारमा स्थापित गर्न ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

प्रतनिधिसिभामा काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्दम्बेले हिमाल, पहाड र तराईका हरेक मानसीहरूको अपेक्षा र चासोलाई सम्बोधन गर्दै पहिचानको मुद्दा राज्यको हरेक तहमा स्थापित गर्न काँग्रेसले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

केन्द्रीय सदस्य गोपाल दहितले राष्ट्रिय जनसङ्ख्याअनुसार देशभर ७ प्रतिशत जनसङ्ख्या रहे पन कांग्रेस भित्र तीन प्रतिशत मात्रै क्रियाशील सदस्य रहेको जानकारी गराउँदै थारु सङ्घले थारुहरूमाथिको आर्थिक, सामाजिक, राजनीतिक र शैक्षिक विभेद विरुद्ध आवाज उठाउँदै आएको बताउनुभयो ।

केन्द्रीय सदस्य जीवन रानाले भाषिक, सांस्कृतिक रूपमा सुन्दर इतिहास र पहिचान रहेको थारु समुदायको आर्थिक सामाजिक न्याय, राजनीतिक परिवर्तनका लाग खेलेको भूमिका महत्त्वपूर्ण भएको बताउनुभयो ।

 

पूर्व मन्त्री तेजुलाल चौधरीले संविधान घोषणा भएको ११ वर्ष पूरा हुँदा पार्टीले पर्याप्त रूपमा थारुलाई सरकारी सेवा, प्रदेश सरकारमा मन्त्रपिरषिद्मा, राजनीतिक नेतृत्वमा समेट्न नसकेको धारणा राख्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)