बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रतिनिधि सभा बैठक बस्दै


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ १७, २०८३
  • 111
    SHARES

काठमाडौँ –  प्रतिनिधि सभा बैठक आज बस्दै छ । बैठक दिउसो १ बजे सिंहदरबारमा बस्ने छ ।

 

 

आजको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३’ माथि दफावार छलफल प्रारम्भ गरियो’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । उक्त प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने छ ।

यसै गरी, प्रतिनिधि सभा नियमावली मस्यौदा सभापति पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
गर्नुहुने । मन्त्री डा वाग्लेले नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्ने छन् ।

यस्तै, बैठकमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘अन्तर्राष्ट्रिय श्रम सङ्गठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ (नं. ८१) पेस गर्ने छन् । यसै गरी, ‘अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९‘पेस गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)