बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रास्वपा सभापति लामिछाने आज भारत भ्रमणमा जाँदै


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ १८, २०८३
  • 81
    SHARES

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमणका लागि आज प्रस्थान गर्दै हुनुहुन्छ ।

 

 

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा सभापति लामिछानेको पहिलो औपचारिक भ्रमण हुन लागेको हो।

भाजपाको विदेश मामिला विभागका प्रमुख विजय चौथाइवालेद्वारा जारी प्रेस विज्ञप्तिअनुसार भ्रमणका क्रममा रास्वपा सभापति लामिछानेले भारतको राजधानी न्यु दिल्लीमा भा जपा अध्यक्ष नीतिन नवीनसहित पार्टीका अन्य वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

भ्रमणको मुख्य उद्देश्य रास्वपा र भा जपा बिच पार्टी–स्तरीय सम्बन्ध तथा संवादको सुरुआत गर्नु रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। साथै दुवै दलबिच सङ्गठन सञ्चालनका अभ्यास, लोकतान्त्रिक प्रक्रिया तथा जनमुखी राजनीतिक पहुँचका विषयमा अनुभव आदानप्रदान गर्ने अवसरका रूपमा पनि भ्रमणलाई हेरिएको छ।

लामिछाने सहित रास्वपाको भ्रमण टोली भोली दिउँसो १ बजे भारतका लागि प्रस्थान गर्दै छन् । भ्रमण टोलीमाा सभापति लामिछाने सहित प्रवास विभाग प्रमुख दीपक बोहरा, सहमहामन्त्री विपिनकुमार आचार्य रहने छन् । यस्तै सभापति लामिछानेकी पत्नी निकिता पौडेल र स्वकीय सचिव अविनाश आचार्य भ्रमणमा रहने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)