बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रास्वपा सभापति लामिछाने भारत प्रस्थान


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ १८, २०८३
  • 92
    SHARES

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भारत प्रस्थान गर्नुभएको छ । पाँच दिन लामो भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामिछानेले आफ्नो भारत भ्रमणका बारेमा फर्केपछि मिडियालाई जानकारी दिने बताउनुभयो ।

सभापति लामिछाने भारतको पाँच दिन लामो भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । सभापति लामिछानेसँगै भ्रमणदलमा रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य रहेका छन् ।

सत्तारुढ दलका प्रमुखको यस भ्रमणलाई राजनीतिक वृत्तमा विशेष चासो र महत्वका साथ हेरिएको छ । भ्रमणका क्रममा सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । यद्यपि मोदीसँगको भेटको टुंगो भने लागि सकेको छैन । उहाँको यस भ्रमणले दुई देशबीचको राजनीतिक सम्बन्ध र आपसी हितका विषयमा संवाद हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)