बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भाजपा मुख्यालयमा रवि लामिछानेको भव्य स्वागत


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ १९, २०८३
  • 94
    SHARES

काठमाडौँ –  भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय मुख्यालय पुगेका छन्। मुख्यालयमा उनको बाजागाजा तथा पुष्पवृष्टिमार्फत भव्य स्वागत गरिएको जनाइएको छ।

भाजपा मुख्यालयमा लामिछानेलाई पार्टीका अध्यक्ष नितिन नवीन सहितका पदाधिकारीहरूले स्वागत गरेका थिए। भ्रमणका क्रममा उनले मुख्यालयको अवलोकन गर्नुका साथै भाजपा नेतृत्वसँग विभिन्न विषयमा छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ।

 

भाजपा अध्यक्ष नवीनसँग दुईपक्षीय भेटवार्ता हुने तथा पार्टीका अन्य वरिष्ठ पदाधिकारीहरूसँग पनि भेटघाट तय गरिएको छ। यसैक्रममा भारतका विदेशमन्त्री एस. जयशंकर सँग समेत उनको भेटवार्ता हुने कार्यक्रम रहेको स्रोतले जनाएको छ।

भ्रमणलाई थप महत्व दिँदै भाजपा मुख्यालयले लामिछानेको सम्मानमा आज साँझ विशेष रात्रिभोजको समेत आयोजना गरेको बताइएको छ। भारत भ्रमणका क्रममा भएका यी भेटघाटलाई नेपाल–भारत राजनीतिक सम्बन्ध र आपसी समझदारीका दृष्टिले चासोका साथ हेरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)