बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः सभापति लामिछाने


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ २२, २०८३
  • 106
    SHARES

काठमाडौँ-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल–भारत सीमा विवाद कुटनीतिक च्यानलमार्फत समाधान गरिने बताउनुभएको छ ।

शुक्रवार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले यस्तो बताउनुभएको हो । उहाँले सीमा समस्या समाधान ढोल बजाएजसरी हल्ला गरेर समाधान नहुने भन्दै उपयुक्त समय र प्रक्रियाअनुसार अघि बढाइने बताउनु भयो । उहाँले उपयुक्त समयमा कुटनीतिक संवादमार्फत हल गर्ने कुरामा भारत समेत तयार रहेको बताउनु भयो ।

 

उहाँले भन्नुभयो, ‘कुनैपनि कुराहरु दुई देशको कुटनीतिक च्यानलमार्फत गराउने कुरा एकदमै महत्वपूर्ण हुन्छन् । त्यो विषयमा हल्ला गरेजस्तो ढोल बजाएर हुँदैन । तर ढोल नबजाइकन आफ्नो देशको बारेमा गर्ने कुराहरु गर्नुपर्ने ठाउँमा, गर्नुपर्ने समयमा सरलवद्ध तरिकाले गर्नुपर्ने हुन्छ ।

कुनैपनि कामका चरणहरु हुन्छन् । त्यस्ता चरणमा सीमाको विषयमा कुरा गर्नुपर्ने हुन्छ । त्यसकारण सडक र सदनको बहसभन्दा माथि उठेर कुटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ ।’

उहाँले प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिलाई परराष्ट्र मन्त्रालयले स्पष्ट पारिसकेको उल्लेख गर्दै त्यही नै सरकारको आधिकारिक धारणा रहेको बताउनु भयो ।

भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गर्नुभएको थियो ।

उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एशियाली विशेष दूत सर्जियो गोरसँग पनि भारतमै भेटवार्ता गर्नुभयो । भारत भ्रमणको क्रममा सीमा समस्या लगायत नेपाल–भारतका सरोकार र प्राथमिकतासँग सम्बन्धित समग्र विषयमा छलफल भएको सभापति लामिछानेले बताउनु भयो । –न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)