शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठनको माग


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ २५, २०८३
  • 129
    SHARES
काठमाडौँ –    विपक्षी सांसदले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गरेका छन् ।

राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले करका दर हेरफेको सूचना चुहाएको भन्दै अर्थमन्त्रीमाथि छानबिन गर्न समिति गठनको माग गरेका हुन् ।

‘करका दर हेरफेरको सूचना कसरी आयो ? यो भन्सारको कर्मचारीलाई थाहा हुन्छ ? अर्थमन्त्री, अर्थसविच र राजस्व सचिवलाई थाहा हुने हो । तर, ठूलो अपराध भएको छ । यसैले अर्थमन्त्रीमाथि छानबिन गर्नुपर्छ । यो राजद्रोह हो,’ उनले भने ।

यसअघि आफैँ छानबिन गर्ने र आफैँ सफाइ दिने जस्ता वाक्क लाग्दा घटनाले जेन–जी आन्दोलन भएको भन्दै उनले यस्तो शैली नदोहोर्‍याउन पनि आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)