बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

महाधिवेशनमा सहभागी हुन चितवन पुगे प्रधानमन्त्री


  • माउन्टेन खबर
  • आइतवार, असार ७, २०८३
  • 107
    SHARES

काठमाडाैँ –  प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह पार्टीको प्रथम महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्।

भरतपुरमा आजदेखि सुरु हुने रास्वपाको प्रथम महाधिवेशनमा सहभागिता जनाउन प्रधानमन्त्री शाह बिहान चितवन आएका हुन्। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चितवन प्रस्थान गरेका थिए।

प्रधानमन्त्री शाहसँग उनकी श्रीमती र छोरी पनि चितवन पुगेका छन्। महाधिवेशनको उद्घाटन सत्रमा पार्टीका शीर्ष नेता, प्रतिनिधि तथा शुभेच्छुकहरूको सहभागिता रहने बताइएको छ।

रास्वपाको पहिलो महाधिवेशनलाई पार्टीको संगठनात्मक सुदृढीकरण र आगामी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। महाधिवेशन अवधिभर विभिन्न राजनीतिक, संगठनात्मक तथा नीतिगत विषयमा छलफल हुने कार्यक्रम रहेको पार्टीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)