बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सभापतिमा रविको उम्मेदवारी दर्ता , बालेन प्रस्तावक


  • माउन्टेन खबर
  • मङ्लबार, असार ९, २०८३
  • 114
    SHARES

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछानेले उम्मेदवारी दर्ता गराउनु भएको छ। सभापतिको प्रस्तावकमा पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह  रहनु भएको छ ।

 

 

रास्वपाको चितवनमा जारी महाधिवेशन अन्तरगत बन्दसत्र सकिएलगत्तै सभापतिले उम्मेदवारी दर्ता गराउनु भएको हो ।  रास्वपा महाधिवेशनमा सभापति र केन्द्रीय सदस्यको सुरुमा चुनाव हुने प्रावधान छ । त्यसको परिणाम आएपश्चात पदाधिकारीहरुको चुनाव हुन्छ ।

निर्वाचन तालिका अनुसार साँझ ७ बजेदेखि साढ‍े सातसम्म सभापति पदको फारम वितरण र दर्ता, केन्द्रीय सदस्यको साढे सात देखि साढे ९ बजेसम्म, उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन राति १० बजे हुने छ ।

त्यस्तै उम्मेदवारविरुद्ध दाबी विरोधका लागि राति साढे १० बजेसम्मको समय तोकिएको छ ।

दाबी विरोधमा परेका उजुरीबारे जाँचबुझ राति ११ बजेसम्म सकिने र उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय राति सवा ११ बजेसम्मको समय तोकिएको छ ।

उम्मेदवारको अन्तिम नामावली राति पौने १२ बजे प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)