बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रास्वपा महाधिबेशन: ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी


  • माउन्टेन खबर
  • बुधबार, असार १०, २०८३
  • 115
    SHARES

काठमाडौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यका लागि आज बिहानदेखि मतदान सुरु हुँदैछ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदान बिहान ९ बजेदेखि गर्ने तयारी छ।

केन्द्रीय सदस्य र पदाधिकारीको मतदानमा इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) सँगै मोबाइल एप प्रयोग गर्ने तयारी रास्वपाले गरेको छ। मतदान स्थलमा ८० ओटा मसिन तयारी अवस्थामा राखिएको केसीले बताउनु भयो ।

केसीका अनुसार मतदान सकिएको दुई घण्टामै मतपरिणाम आउँछ।’

रास्वपाको महाधिवेशनमा दुई चरणमा निर्वाचन गर्ने पार्टी विधानमा व्यवस्था छ।

विधानअनुसार पहिलो चरणमा सभापति र ९९ केन्द्रीय सदस्यको निर्वाचन हुनेछ। दोस्रो चरणमा पदाधिकारीको निर्वाचन हुने व्यवस्था रास्वपाको विधानमा छ। ९९ केन्द्रीय सदस्य पदका लागि ४०० बढीको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

केन्द्रीय सदस्यमा निर्वाचित हुने नेता मात्रै पदाधिकारीको उम्मेदवार बन्न पाउनेछन्।

रास्वपाले यसपटक विधान संशोधन गरेर पदाधिकारीको संख्या १९ पुर्‍याइएको छ। यसअघि रास्वपामा पदाधिकारी संख्या १२ थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)