बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही, लिए पद तथा गोपनीयताको शपथ


  • माउन्टेन खबर
  • बुधबार, साउन १३, २०८३
  • 30
    SHARES

वीरेन्द्रनगर –  कर्णाली प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका मंगलबहादुर शाहीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश राजधानी वीरेन्द्रनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख यज्ञराज जोशीले नवनियुक्त मुख्यमन्त्री शाहीलाई शपथ गराएका हुन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता शाही मंगलबार प्रदेशको पाँचौं मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेश प्रमुख जोशीले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

कर्णाली प्रदेश सभामा सरकार गठनका लागि २१ सांसदको समर्थन आवश्यक पर्ने भए पनि नेकपा र नेकपा (एमाले) सँग गरी २४ सांसदको समर्थन रहेको छ । ४० सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका १५, नेकपाका १४, एमालेका सभामुखसहित १० तथा राप्रपाका एक सांसद छन् ।

प्रदेश सरकारको नेतृत्व परिवर्तनको आधार भने केन्द्रमा भएको राजनीतिक सहमति बनेको हो । साउन ९ गते नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको थियो । उक्त सहमतिअनुसार यसपटक कर्णालीको नेतृत्व नेकपाको भागमा परेको हो ।

केन्द्रको सहमतिअनुसार नेकपा र एमाले संसदीय दलका नेताको सिफारिसमा प्रदेश प्रमुख जोशीले शाहीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । शपथसँगै शाहीले कर्णाली प्रदेश सरकारको औपचारिक नेतृत्व सम्हालेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)