शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतको महाराष्ट्रमा भवन भत्किँदा नौ जनाको मृत्यु, उद्धार कार्य जारी


  • माउन्टेन खबर
  • शनिबार, साउन १६, २०८३
  • 39
    SHARES

नयाँ दिल्ली- भारतको दक्षिण–पश्चिमी राज्य महाराष्ट्रमा एक बहुतले आवासीय भवन भत्किँदा नौ जनाको मृत्यु भएको छ ।

बिहीवार राति भएको यस दुर्घटनामा अन्य धेरै व्यक्तिहरू भग्नावशेषमा पुरिएको स्थानीय अधिकारीहरूले शुक्रवार पुष्टि गरेका छन् ।

भारतको आर्थिक राजधानी मुम्बई नजिकै पर्ने भिवण्डी क्षेत्रमा उक्त दुर्घटना भएको हो । घटना पश्चात रातभर उद्धार कार्य सञ्चालन गरिएको थियो ।

भग्नावशेषमुनि अझै केही मानिसहरू फसिरहेको आशङ्का गरिएको छ र उनीहरूलाई सुरक्षित बाहिर निकाल्ने प्रयास जारी रहेको छ ।

दुर्घटनाको विस्तृत विवरण आउन अझै बाँकी रहेको अधिकारीहरूले बताएका छन् ।  सिन्ह्वा/ न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)