आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गाजामा हमाससहित सशस्त्र समूहको पूर्ण निशस्त्रीकरणका लागि सम्झौता भएको ट्रम्पको दाबी


  • माउन्टेन खबर
  • शनिबार, साउन १६, २०८३
  • 43
    SHARES

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा सक्रिय हमास र अन्य सबै सशस्त्र समूहहरूको ‘पूर्ण निशस्त्रीकरण’ का लागि ‘बोर्ड अफ पिस’ बीच सम्झौता भएको दाबी गर्नुभएको छ ।

बिहीवार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत सो जानकारी दिँदै राष्ट्रपति ट्रम्पले यस सम्झौतालाई गाजामा नयाँ प्यालेस्टिनी सरकार गठन गर्ने दिशामा एक निर्णायक कदमका रूपमा व्याख्या गर्नुभएको छ ।

उक्त नयाँ सरकारले प्यालेस्टिनी जनताको हितका लागि ’बोर्ड अफ पिस’ सँग निकट रहेर कार्य गर्ने उहाँले बताउनु भयो । ‘यस सम्झौतापछि इजरायलले स्थायी सुरक्षाको अनुभूति गर्नेछ र गाजा अब उप्रान्त आतङ्ककारी आक्रमणको आधार क्षेत्रका रूपमा रहने छैन’ ट्रम्पले उल्लेख गर्नभएको छ ।

ट्रम्पकाअनुसार यो सम्झौता विभिन्न चरणहरूमा कार्यान्वयन गरिनेछ । निशस्त्रीकरणको प्रक्रिया पूरा भएसँगै इजरायली सेना गाजाबाट फिर्ता हुने र गाजाको सुरक्षाको जिम्मेवारी नयाँ प्यालेस्टिनी प्रहरी बलसँगको समन्वयमा ‘अन्तर्राष्ट्रिय स्थिरता बल’ (इन्टरनेसनल स्टेबिलाइजेसन फोर्स) ले लिने उल्लेख गरिएको छ ।

यस सम्झौतालाई सफल बनाउन मिस्र (इजिप्ट), कतार र टर्कीले मध्यस्थकर्ताको रूपमा भूमिका निर्वाह गरेको राष्ट्रपति ट्रम्पले जानकारी दिनुभयो । यद्यपि, हमासको तर्फबाट भने यस सम्झौताको बारेमा हालसम्म कुनै आधिकारिक पुष्टि वा प्रतिक्रिया आएको छैन ।

सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)