सोमवार, साउन २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सरकार बाटोबाट विचलित भए रास्वपाले हस्तक्षेप गर्छ : रवि लामिछाने


  • माउन्टेन खबर
  • आइतवार, साउन २४, २०८३
  • 59
    SHARES

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले सरकारले आफ्नो लक्ष्य र प्रतिबद्धताअनुसार काम गर्न नसके पार्टीले हस्तक्षेप गर्ने बताउनुभएको छ ।

सरकारको कार्यशैली र स्थायित्वबारे टिप्पणी गर्दै सभापति लामिछानेले सरकार आफ्नो बाटोबाट विचलित भए राजनीतिक दलका रूपमा त्यसलाई सही मार्गमा ल्याउने क्षमता रास्वपासँग रहेको दाबी गर्नुभयो ।

उहाँले सरकार अहिले नै असफल भइनसकेको भन्दै त्यस्तो अवस्था आउन नदिन आफूहरू सचेत रहेको बताउनुभयो । सरकार सञ्चालनको अवस्थालाई हवाई यात्रासँग तुलना गर्दै लामिछानेले यात्राका क्रममा आउने अस्थायी अवरोधबाट आत्तिन आवश्यक नरहेको उल्लेख गर्नुभयो ।

“सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम गर्छ । काम गर्न सकेन वा बाटो बिरायो भने सरकारलाई सही बाटोमा ल्याउने राजनीतिक पार्टी हामीसँग छ,” उहाँले भन्नुभयो, “आवश्यक परे जतिखेर पनि सरकारलाई कान समातेर सच्याउन सक्ने क्षमता पार्टीले राख्छ । तर अहिले त्यो अवस्था आएको छैन, आउन पनि दिँदैनौँ ।”

सरकार आफ्नो ‘लिक’बाट बाहिरिए पुनः सही दिशामा ल्याएर यात्रालाई सहज बनाउने उहाँको भनाइ थियो ।

लामिछानेले सरकारको यात्रामा कहिलेकाहीँ ‘टर्बुलेन्स’ अर्थात् अस्थायी अवरोध आउन सक्ने भन्दै त्यसलाई लिएर डराउन नहुने बताउनुभयो । “जहाज हल्लिँदैमा दुर्घटना हुन्छ कि भनेर डराउनुपर्दैन,” उहाँले भन्नुभयो, “त्यसैले–सिट ब्याक एन्ड रिल्याक्स ।”

असल नियत र सही दिशाका साथ सरकारलाई गन्तव्यसम्म सुरक्षित रूपमा पुर्‍याउने दाबी गर्दै उहाँले आम नागरिकलाई ढुक्क रहन आग्रह गर्नुभयो । – न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)