सोमवार, साउन २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेसको विधानमा भएको व्यवस्थाको अधिकार प्रयोग गरेरै विशेष महाधिवेशन सम्पन्न भएको हो :सभापति थापा


  • माउन्टेन खबर
  • आइतवार, साउन २४, २०८३
  • 42
    SHARES

काठमाडौँ-  कांग्रेस सभापति गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विधानसम्मत र वैधानिक भएको प्रस्ट पार्नुभएको छ । कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले कांग्रेसको विधानमा भएको व्यवस्था र पार्टीका सार्वभौम सदस्यको अधिकार प्रयोग गरेरै विशेष महाधिवेशन सम्पन्न गरिएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “विशेष महाधिवेशन आवश्यक मात्र थिएन, यो हाम्रो अधिकारको कुरा पनि थियो । यसको वैधानिकतालाई महाधिवेशनको हल, निर्वाचन आयोग र सम्मानित सर्वोच्च अदालतको डिभिजन बेन्चले समेत पुष्टि गरिसकेको छ ।”

 

 

सभापति थापाले अदालतले पुनः पुस्ट्याइँ गर्नुपर्ने भनेको र यसलाई आफ्नो पक्षको वैधानिकता पुनः प्रमाणित गर्ने अवसरका रूपमा लिएको बताउनुभयो । भक्तपुरमा भएको एक अर्को छुट्टै कार्यक्रममा सभापति थापाले राजनीतिलाई केवल सत्ता प्राप्तिको भ¥याङ मात्र बनाउन नहुनेमा जोड दिनुभएको छ । राजनीतिज्ञ श्यामबहादुर कार्की स्मृति प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको रक्तदान तथा स्टेसनरी सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सत्ता र शक्ति नागरिकको सेवा गर्ने माध्यम मात्र भएको प्रस्ट पार्नुभएको हो ।

उहाँले पार्टीभित्रका आन्तरिक मनमुटावलाई मिलाउँदै कांग्रेसलाई एकढिक्का बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नवयुवा पुस्ताले गौरव गर्ने कांग्रेस बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले पार्टीको आत्मा नमर्ने गरी यसलाई पुनर्जीवित गर्नुपर्ने छ । हाम्रा अग्रजले कांग्रेस भनेर जुन गौरव गर्थे, त्यस्तै गौरव अहिलेका पुस्ताले पनि गर्न सक्ने बनाउनु हाम्रो जिम्मेवारी हो ।”

सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई वैधानिकता दिने सन्दर्भमा गरेको फैसला पुनरवलोकन गर्ने आदेश दिएकै बेला नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक साउन २४ गतेका लागि आह्वान गरिएको छ । महामन्त्री गुरुराज घिमिरेका अनुसार पार्टीको १५ औँ महाधिवेशन, साङ्गठनिक संरचना, आन्तरिक एकतासहित समसामयिक राजनीतिक सन्दर्भमा विमर्श गरी निर्णयमा पुग्न बैठक आह्वान गरिएको हो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)