काठमाडौँ – जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जिल्लामा विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रतिकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल गरेको छ।
बैठकमा आर्थिक वर्ष २०८३ को अर्धवार्षिक अवधिसम्मको विपद् पूर्वतयारी तथा प्रतिकार्यको अवस्था, सम्भावित जोखिम र आवश्यक व्यवस्थापनका विषयमा समीक्षा गरिएको छ। विपद्का समयमा खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित निकायबीच समन्वय र तयारीलाई थप मजबुत बनाउने विषयमा जोड दिइएको छ।
गोसाईंकुण्ड मेला २०८३ लाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन आवश्यक तयारीका विषयमा पनि बैठकमा छलफल भएको छ। मेलामा आउने तीर्थयात्री तथा पर्यटकको सुरक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ तथा आपतकालीन उद्धार व्यवस्थापनलाई प्राथमिकतामा राखिने बताइएको छ।
बैठकले जिल्लामा हुने बढ्दो सवारी आवागमनलाई मध्यनजर गर्दै ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षामा समेत विशेष ध्यान दिनुपर्ने निष्कर्ष निकालेको छ। सम्भावित सवारी चाप, सडकको अवस्था तथा यात्रु सुरक्षालाई ध्यान दिँदै सम्बन्धित निकायबीच समन्वय गरी आवश्यक व्यवस्थापन गर्ने निर्णय गरिएको छ।
प्रतिक्रिया
सम्बन्धित समाचार
