आइतवार, कार्तिक ९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुदूरपश्चिममा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान


  • माउन्टेन खबर
  • शुक्रबार, साउन २९, २०८३
  • 111
    SHARES

सुदूरपश्चिम-    सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले विहिवार पेस गर्नुभएको राजीनामा स्वीकृत गर्दै उहाँले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको हो ।

प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी दीर्घराज भट्टले विहिवार एक विज्ञप्तिमार्फत मुख्यमन्त्री शाहले संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम पदबाट दिनुभएको राजीनामा विहिवारदेखि लागू हुने गरी स्वीकृत भएको जनाउँदै नयाँ सरकारका लागि दाबी पेस गर्न आह्वान गरिएको बताउनुभयो ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रयोजनका लागि शुक्रबार बिहान ११ः०० भित्र दाबी पेस गर्न आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच सत्ता साझेदारीको सहमतिअनुसार दाबी पेस गर्ने तयारी गरिएको छ । प्रदेशसभामा ठूलो दलको हैसियतमा नेकपाले सरकारको नेतृत्व गर्ने यसअघि दुई पार्टीबीच सहमति भइसकेको छ ।

प्रदेश सरकार गठनका लागि २७ मत आवश्यक पर्नेमा ५३ सदस्यीय प्रदेशसभामा नेकपाका २२ र एमालेका ११ सदस्य छन् । प्रदेशसभामा नेपाली कांग्रेसबाट १८ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट एक जना प्रदेशसभा सदस्य रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)