शनिबार, साउन ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्री शाहद्वारा भारतको ८०औँ स्वतन्त्रता दिवसको शुभकामना


  • माउन्टेन खबर
  • शनिबार, साउन ३०, २०८३
  • 41
    SHARES
काठमाडौं –  प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार तथा भारतीय जनतालाई शुभकामना व्यक्त गरेका छन् ।प्रधानमन्त्री शाहले शनिबार सामाजिक सञ्जाल एक्समार्फत भारतको स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री मोदी, भारत सरकार र भारतीय जनताप्रति शुभकामना तथा सद्भाव व्यक्त गरेका हुन् ।


‘नेपाल र भारतबीचका गहिरो ऐतिहासिक सम्बन्ध, जनताबीचको निकट सम्बन्ध र सहकार्य आगामी वर्षहरूमा अझ बलियो हुँदै जाओस्,’ प्रधानमन्त्री शाहले शुभकामना सन्देशमा भनेका छन् ।

शाहले नेपाल र भारतबीच सदियौँदेखि कायम रहेको ऐतिहासिक सम्बन्ध तथा जनस्तरमा रहेको आत्मीयतालाई स्मरण गर्दै दुई देशबीचको सम्बन्ध आगामी दिनमा थप सुदृढ र सहकार्यपूर्ण बन्ने विश्वास व्यक्त गरेका छन् ।


उनले नेपाल र भारतबीच आपसी हित, पारस्परिक सम्मान र सहकार्यका आधारमा सम्बन्धलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएका छन् ।प्रधानमन्त्री शाहले भारत सरकार तथा भारतीय जनताको निरन्तर प्रगति, समृद्धि र शान्तिको कामनासमेत गरेका छन् । 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)